नाम परिवर्तन गरेर आईपीओ ल्याउने तयारीमा ईदी हाइड्रोपावर

नाम परिवर्तन गरेर आईपीओ ल्याउने तयारीमा ईदी हाइड्रोपावर

काठमाडौं । ईदी हाइड्रोपावरले नाम परिवर्तन गरेर आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न असोज ३० गते पोखरास्थित रजिष्टर्ड कार्यालयमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ।

सभाले कम्पनीको नाम परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र यसका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको निर्वाचन गरी सञ्चालकको भत्ता र सुविधाको बारेमा पनि छलफल गर्ने प्रस्ताव रहेको छ ।