न्यायाधीश भुवन गिरीकी पत्नी आरती सर्वोच्चको गेटबाट पक्राउ
काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।
गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।रावलले आफ्ना पतिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न गएकी हुन् ।
थर्ड पोल 