दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले नै बढेको छ । । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ । 

आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय ३१ वटा कम्पनीको ५१ लाख ८९ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को २० करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ ।