पोखरामा टिपर चालकलाई कुटपिट गर्ने मोटरसाइकल चालक पक्राउ

पोखरामा टिपर चालकलाई कुटपिट गर्ने मोटरसाइकल चालक पक्राउ

कास्कीमा दुर्घटना भएपछि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्के पुलमा रहेको पोखरा बाग्लुङ सडक खण्डमा वैशाख १० गते मोटरसाइकल र टिपर ठोक्किएर दुर्घटना भएको थियो । 

मोटरसाइकल र टिपर ठोक्किएपछि  मोटरसाइकल चालकले टिपर चालकलाई कुटपिट गरेका हुन् । प्रहरीले मोटरसाइकल चालक म्याग्दी घर भइ अहिले कास्की पोखरा महानगरपालिका-१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिनबहादुर मगरलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।