पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषबाट जिउँदै निकालियो
पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषवाट जिउँदै निकालियो
काठमाडौं । भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ । गत साता गएको ७।७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको सूचना टोलीले जनाएको छ ।
म्यानमारको फायर सर्भिस डिपार्टमेन्ट र टर्कीका उद्धार टोलीले एक जनाको सकुशल उद्धार गरेका छन् । सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ः०० बजे सुरु भएको उद्दार पक्रिया १२ घन्टा पछि बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्दार प्रयास पछि ५ दिन पछि जीवितै उद्दार गरिएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार फसेका बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास भइरहेको छ।
थर्ड पोल 