प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक
काठमाडौं । प्रि–ओपन सेसनमा सोमबार नेप्से सूचक २.२२ अंकले बढेको छ । यससँगै सूचक २०६३.९२ विन्दुमा आएको छ ।यो सेसनमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसैगरी कुल ५३ वटा कारोबार भएको छ भने २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
थर्ड पोल 