पार्टी काममै फर्किए एमाले नेता वासुदेव घिमिरे!
नेकपा एमाले पार्टी परित्यागको घोषणा गरेका रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख वासुदेव घिमिरे पुनः एमालेको काममै फर्किएका छन्।
घिमिरेले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका थिए।
उनले पार्टी परित्यागको घोषणा गरेपछि बिहीबार रूपन्देही आएका एमाले उपाध्यक्ष विष्णु पौडेलको पहलकदमी र तिलोत्तमाका अन्य नेता–कार्यकर्ताको आग्रहपछि उनी एमालेमै फर्किएर पार्टी काममा सक्रिय बन्न सहमत भएका हुन्।



थर्ड पोल 