प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यी हुन् सदस्यहरू 

प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यी हुन् सदस्यहरू 

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरुको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । 

समिति सदस्यमा ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपतिशमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । उनीहरुको नामलाई प्रतिनिधिसभाले बहुमतसहित सहमति जनाएको हो ।  

त्यस्तै आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिमा सांसदहरु मनोनित भएका हुन्  ।