प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित
अनिश्चितकालका लागि बैठक स्थगित भएपछि प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित भएको छ । संसदीय क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक सोमबार र आज मंगलबार बस्नुपर्ने थियो । तर प्रतिनिधिसभाको बैठक कहिले बस्छ टुंगो छैन ।
भदौ १० गते संघीय संसद् सचिवालयले सूचना निकालेर प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको थियो ।
क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक चल्न सकेको भए सोमबार प्रतिनिधिसभामा कर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने थियो । साथै, शून्य समय चलाउने र केही वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।
थर्ड पोल 