प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो भेटघाट हो । विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित थियो,’ स्रोतले भन्यो ।
थर्ड पोल 