प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन शीर्ष नेताबीच छलफल


काठमाडौं, बैशाख २७ गते । आज सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ। उक्त भेटमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू पक्राउ पर्न थालेपछि उनीहरू छलफलमा जुटेका हुन्। शरणार्थी प्रकरण, संक्रमणकालीन न्याय, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।