प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटर्वार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटर्वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटवार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो ।

उक्त भेटमा आगामी बजेट अधिवेशनसँग सम्बन्धित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन पनि भनिने बजेट अधिवेशन आह्वान गरेका छन् । यो अधिवेशनमा केही विधेयकहरु समेत प्रस्तुत हुनेछन् ।

संसदको विजनेस र आगामी बजेटका प्राथमिकताका विषयमा प्रधानमन्त्री प्रचण्ड निरन्तर परामर्शमा छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यही बजेट अधिवेशन र समसामयिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।