प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शन राजनीतिक उद्देश्यले प्रेरित : बाबुराम भट्टराई

प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शन राजनीतिक उद्देश्यले प्रेरित : बाबुराम भट्टराई


काठमाडौं, जेठ २८ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ मन्दिरको दर्शनमाथि प्रश्न उठाएका छन् । आज सामाजिक सञ्जाल मार्फत उनले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन् ।

भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ ‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’