प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा सम्बोधन नगरेपछि सभा छोडेर हिँडे हर्क साम्पाङ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रट्ठ्ताव प्रधानमन्त्री बालेन्द्र शाहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन्।
सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरूले आपत्ति जनाइरहेका छन्। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर हिँडेका छन्।
थर्ड पोल 