प्रधानमन्त्रीले प्रस्तुत गरे राष्ट्रपति पौडेलसमक्ष सरकारको वार्षिक प्रतिवेदन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेस गरेका छन । बुधबार गत आर्थिक वर्षको वार्षिक प्रतिवदन पेस गर्दै प्रधानमन्त्री दाहालले गत आर्थिक वर्षमा सरकार श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले सफल रहेको दाबी गर्दै सुशासनका कयौं मानकहरू स्थापित गर्न सफल भएको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् । यसको कार्यान्वयनको लािग सरकारको तदारुकता आवश्यक रहेको पनि उनको भनाइ थियो ।
उपलब्ध स्रोत र बजेटको सदुपयोग गरि विकास निर्माण र सुशासन गर्ने सवालमा सधैं प्रयत्नशील रहेको हुनुपर्ने भनाइ उनले राखे । त्यस्तै, संविधान बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा भए गरेका काम र उपलब्धिसहितको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन ) ऐन बमोजिमको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले उपलब्ध स्रोत साधनको परिचालन गरी राज्यका निर्देशक सिद्धान्तद्वारा निर्देशित भई नीतिहरूको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए ।
थर्ड पोल 