प्रभु बैंक लिमेटड र  स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

  प्रभु बैंक लिमेटड र  स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं ।  प्रभु बैंक लिमेटड तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ७८ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन् । प्रभु बैंकले संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्तले १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो । 

यी दुवै कम्पनीको शेयरमा संस्थापक शेयरधनीलगायत जोकोही व्यक्ति तथा संस्थाले खरिद गर्न दिन सक्नेछन् । प्रभु बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ र स्वावलम्बन लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपियाँ तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

यी शेयरहरूमा बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।इच्छुक लगानीकर्ताले काठमाडौंको कमलपोखरीस्थित बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा असार १८ गतेसम्म गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।