प्रभु बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले कागजातसहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । बैंकले यसअघि उक्त सेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । यद्यपि, तोकिएको समयावधिभित्र संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो ।
थर्ड पोल 