प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटघाट जारी

प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटघाट जारी


काठमाडौं, ३१ बैशाख । प्रमुख तीन दलका शिर्ष नेताको भेटघाट जारी रहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।