प्रयोगकर्तालाई फेसबुकले ९५ अर्ब बराबरको रकम बाँड्ने 

1.

फेसबुकको अभिभावक कम्पनी मेटाले प्रयोगकर्ताहरुलाई ७२५ मिलियन अमेरिकी डलर तिर्न तयार भएको छ।  प्रयोगकर्ताको डाटा गोपनीयता सम्बन्धी मुद्दा सुल्झाउन मेटाले उक्त बराबरको रकम तिर्न सहमत भएको हो।  यो करिब करिब ९५ अर्ब नेपाली रुपैयाँ  रहेको छ ।

मेटाको अनुसार सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ भित्र फेसबुक अकाउन्ट बनाएका प्रयोगकर्ताले सो रकमको हिस्सा पाउन सक्नेछन्। यो सम्झौताको अन्तिम अनुमोदन २०२३ को सेप्टेम्बर ७ मा तोकिएको छ । त्यसपछि पैसा उपलब्ध हुने जनाइएको छ।  

यसअघि गत वर्ष सन् २०२२ मा लीक भएका अन्य कागजातहरूले पनि फेसबुक आफ्ना तीन अर्ब प्रयोगकर्ताको डाटा संरक्षण एवं व्यवस्थित गर्न असफल भएको खुलाएको थियो । त्यतिबेला बाहिरिएका कागजातहरूमा फेसबुकको डाटा व्यवस्थापन प्रणालीमा त्रुटि रहेको र प्रयोगकर्ताको डाटा कहाँ जान्छ भन्नेमा यो प्रश्न आएको उठेको थियो।  

फेसबुकका संस्थापक मार्क जुकरबर्ग रहेका छन्।