पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान


काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ ।आज सीईओ सेलेक्सन कमिटीले दरखास्त आह्वान गरिएको सूचना निकालेको हो । 

इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् । सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।