प्रसूति भवन निर्माणमा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रसूति भवन निर्माणमा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमरा सिंहसित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज  विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। उनीहरूविरुद्ध  १५ लाख ८ हजार  ५५७ बिगो माग गरिएको छ।

तत्कालीन निमित्त कार्यालय प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो।