पल शाहविरुद्धको थुनछेक बहस सकियो
कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ।नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहको बुधबार थुनछेक बहस सकिएको हो। यसअघि मंगलबार शाहको बयान लिइएको थियो।
शाहविरुद्ध नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिइएको हो।
शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।
सरकारी वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका हुन्। उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् । थुनछेक आदेश आउने उनले बताएका छन्।शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो आदेशपछि पत्ता लाग्नेछ।
