फ्लाई दुबई अपडेट: विमानमा चरा ठोक्किएको दाबीप्रति नेपालले ग-यो प्रतिवाद

फ्लाई दुबई अपडेट: विमानमा चरा ठोक्किएको दाबीप्रति नेपालले ग-यो प्रतिवाद

गएराति काठमाण्डौबाट उडेको फ्लाई दुबईको 'एफडिजेड५७६' विमानमा चरा ठोक्किएको दाबीप्रति नेपालले प्रतिवाद गरेको छ।  नेपाली नागरिक उड्डयनले दुबईतर्फको भनाईलाई सिधै अस्विकार गरेको हो।  

हिजो सोमबार साँझा फ्लाई दुबईको जहाज उडेलगत्तै ठूलो आवाजसहित आगो लागेको जस्तो देखिएको थियो र चरा ठोक्किएका कारण उक्त घटना भएको अनुमान गरिएको थियो। तर चरा ठोक्किएको कुनै तथ्य फेला नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।  

यस्तै उक्त घटनापश्चात् विमानस्थलको धावनमार्गमा निरीक्षण गर्ने क्रममा एउटा सानो प्रजातिको चरा भेटिएको थियो तर सोहि चरा पछिल्लो घटनासँग सम्बन्धित नभएको समेत उनले बताए।

विमानका पाइलटले जहाजको दायाँ भागको इन्जिनमा समस्या देखिएको एअर ट्राफिक कन्ट्रोलर(एटीसी) लाई जानकारी गराएका थिए। पछि पाइलटले जहाज आकस्मिक अवतरण नगरी उडाउन मिल्ने आकलन गरेपछि जहाज पूर्वनिर्धारित तालिकाअनुसार नै गन्तव्यमा पुगेको बिबिले उल्लेख गरेको छ।  

बीबीसीको अनुसार विमानस्थलमा चरा धपाउन आधुनिक उपकरणसहित नेपाली सेनाको सिकारी टोली परिचालन गरिँदै आएको छ। यसैबीच चरा ठोक्किएको भनेर "भ्रमपूर्ण समाचार फैलाएको" भन्दै फ्लाई दुबईका नेपाल प्रबन्धक र विमानस्थल प्रबन्धकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको र उनीहरूको पास समेत निष्क्रिय पारिएको छ।

९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिरहेको थियो। साथै उक्त विमानको इन्जिन पुन: नर्मलमा आएपछि दुबई प्रस्थान गरिएको हो।  यस्तै सोहि विमान काठमाडौं उपत्यकाको आकाशमाथि केहीबेर फन्को समेत लगाएको थियो। सोहि विमानमा १७५ जना यात्रु रहेका छन्।