बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज भदौ १५ गते बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ तान्ने भएको छ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा खिच्न लागेको हो।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
थर्ड पोल 