बचतकर्ताको ५ करोड ठगेर सहकारी अध्यक्षसहित ७ जना फरार

बचतकर्ताको ५ करोड ठगेर सहकारी अध्यक्षसहित ७ जना फरार

बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर एक सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार भएका छन् ।

फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।

लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।