बालकोटमा ढल खन्दाखन्दै पुरी दुई कामदार: एक जनाको मृत्यु, एक घाइते 

1.

भक्तपुरमा आज ढल खन्ने क्रममा दुईजना मजदुर पुरिंदा एक जनाको मृत्यु भएको छ। भक्तपुरको बालकोटमा उनीहरु ढल खनिरहेका थिए।  

 सूर्यविनायक नपा-२ बालकोट रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटर भित्रको बस्तीमा नयाँ ढलको विस्तार भइरहेको छ।  सोहि स्थानमा काम  गरिरहेका कामदार ढल खन्ने क्रममा माटोको ढिस्काले दुईजना पुरिएको जनाइएको छ।  

गम्भीर घाइते भएका सुनसरीको गढी गाउँपालिका-२ स्थायी घर भई बालकोट बस्दै आएका २२ वर्षीय नितेश सदाको उपचारको क्रममा मृत्यु भएको हो।  

प्रहरीको अनुसार एक जना घाइते सोही ठेगाना भएका ३० वर्षीय सियाराम सदाको उपचार भइरहेको