बलात्कार गरेको आरोपमा एकजना पक्राउ

 बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई प्रहरीले पक्राउ गरेको छ । 

 थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।