बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि ललितपुरको एक पाँचतारे होटलमा अभिमुखिकरण भइरहेको हो ।
समानुपातिक सांसदहरु पनि निर्वाचित भइसकेपछि रास्वपा एक्लैले प्रत्यक्षमा १२५ सिट र समानुपातिकतिर ५७ सिट प्राप्त गरेको छ ।
रास्वपाको कुल ५७ सिटमध्ये खस–आर्य १७, आदिवासी जनजाति १६, मधेसीमा ९, दलितमा ८, थारु ४ र मुस्लिममा ३ जना समेटिएका छन् । जसमा ४८ जना महिला र ९ जना पुरुष छन् ।
निर्वाचन आयोगले अन्तिम निर्णय प्रकाशन गर्ने तयारी जुट्दै गर्दा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उमेदवार बालेन्द्र शाह (बालेन) ले राजनीतिक र विज्ञ टोलीसँगको भेटघाट तीव्र पारेका छन् ।
उनी रास्वपाको अभिमुखिकरण तालिममा पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको उनी निकट नेताहरुको टिप्पणी छ ।
थर्ड पोल 