बालबालिकाको समस्याहरु सबोधन गर्न साथसाथद्वारा मन्त्री रायलाई ज्ञापन पत्र 

1.

गैरआवासीय एवं गैरसरकारी संस्थाले महिला, बालबालिका तथा जेष्ठ नागरिक  मन्त्री महेन्द्र रायलाई ज्ञापन पत्र बुझाएको छ  । 

अन्तराष्ट्रिय सडक बालबालिका दिवसको अवसर पारेर बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पहिचानको लागि उचित सम्बोधन नभएको हुनाले राज्य स्तरबाट नै ती बालबालिकाको समस्याहरुको सम्बोधन होस भन्ने अभिप्रायले ज्ञापन पत्र बुझाएको साथसाथले जनाएको छ ।

अन्तराष्ट्रिय सडक बालबालिका दिवस १२ अप्रिलका दिन “कीपिंग स्ट्रीट कनेक्टेड चिल्ड्रेन सेफ” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ सडक बालबालिका स्वयं साथसाथको पहलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुगेर मन्त्री महेन्द्र रायलाई ज्ञापन पत्र बुझाएका हुन् । मन्त्रालयमा साथसाथको तर्फबाट कार्यकारी निर्देशक विश्वराज बज्राचार्य तथा रिसोर्स एक्जुकेटिभ कविता शाह सहित सडक बालबालिकाको उपस्थीति रहेको थियो ।

साथसाथ विगत २५ बर्ष देखि जोखिम परिस्थतीमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवासीय गैरसरकारी संस्था हो । यसको मुख्य उद्देश्य भनेको जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई समाजमा पुर्नस्थापना गर्नु रहेको छ । साथसाथले त्यस्ता जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई औपचारीक र अनौपचारीक शिक्षा, सीप मुलक र व्यवसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरुको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुका साथैे हाल आएर सडक बालबालिका तथा सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आईरहेको छ ।

हरेक वर्ष अप्रिल १२ तारिखमा अन्तराष्ट्रिय सडक बालबालिका दिवस मनाउने गरिन्छ । यसै क्रममा साथसाथले सप्ताहव्यापी रुपमा कार्यक्रमहरु सांस्कृतिक कार्यक्रम,  चित्रकला प्रतियोगिता, तेक्वाण्डो शो लगाएत संस्थासंग आबद्ध एस. ई. ई. उत्तिर्ण  र विभिन्न तालिम लिई आत्मनिर्भर भएका सडक बालबालिकालाई सम्मान गरी अन्तराष्ट्रिय सडक बालबालिका दिवस मनाएको छ । 

सोहि सन्दर्भमा  अप्रिल ११ तारिखका दिन बाल स्मृति स्तम्भमा विविध कारणले ज्यान गुमाएका सडक बालबालिकाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।