भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी


काठमाडौं । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ विफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।

जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ। पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो ।

‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहिवार राति  थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ । उसका अनुसार पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दावी पनि गरिएको छ।