सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदी १२० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २७५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार १५५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो  ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।