भारतले बनायो नेपालीलाई समेत निगरानी गर्न नयाँ कानुन
काठमाडौं । भारत आउजाउ गर्न आम नेपालीहरूका लागि सामान्य जस्तै छ । रोकतोक र झन्झटविना भारतमा घुमफिर गरेर, पढेर वा अरु कुनै काम गरेर फर्किन सकिन्छ । तर अब भने विगतजस्तो सजिलो हुने छैन । भारत सरकारले अब नेपालीहरूको गतिविधिमाथि समेत निगरानी गर्न आप्रवासन सम्बन्धी नयाँ कानुन लागू गरेको छ ।
सन् २०२५ को सेप्टेम्बर १ देखि लागू भएको नयाँ कानुनी व्यवस्था अनुसार अब औषधि उपचार, अध्ययन, व्यापार वा घुमफिरका लागि भारत जाने नेपालीहरूले पनि आफ्नो व्यक्तिगत विवरणसहितको फारम भर्नुपर्ने छ ।
नयाँ कानुनी व्यवस्थाको एउटा प्रमुख प्रावधान अनुसार अब नेपालीहरूसहित सबै विदेशी नागरिकहरूले व्यक्तिगत विवरणसहितको फारम ‘सी’ भर्नुपर्ने टाइम्स अफ इन्डियाले जनाएको छ ।
होटल, अस्पताल, नर्सिङ होम, विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूले नेपाली वा अरु कुनै विदेशी पाहुना ल्याएको भए पनि उनीहरूको अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने छ ।यी विवरणहरू कम्तीमा एक वर्षसम्म इलेक्ट्रोनिक रूपमा सुरक्षित राखिने र यसबाट ती व्यक्तिहरूको गतिविधि निगरानीमा राख्न सकिनेछ ।
थर्ड पोल 