माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


काठमाडौं ।  माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले डा.निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

जेनजीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।