मुगु जिल्लामा लगातार दोस्रो दिन पनि गयो भूकम्प
काठमाडौं । मुगु जिल्लामा लगातार दोस्रो दिन भूकम्प गएको छ। सोमबार बिहान ८ः३९ बजे कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि आइतबार दिउँसो २ः३४ बजे मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो। दुवै भूकम्पका कारण हालसम्म ठूलो क्षतिको विवरण भने आएको छैन।



थर्ड पोल 