मिटरब्याजीलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिन्छौँ–गृहमन्त्री श्रेष्ठ
1.
काठमाडौं, १७ वैशाख । मिटरब्याजीलाई कानुनी कारबाही गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आश्वासन दिएका छन् । जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन् । साथै उनले पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए ।
सरकारले पीडकलाई कुन राजनीकि दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले मिटरब्याजीलाई जोगाउन भूमिका खेल्यो भने उनीहरुलाई पनि कानुनी कारबाही गरेर पीडितलाई न्याय दिने बताएका छन्।
थर्ड पोल 