मेडिकल टोलीसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

मेडिकल टोलीसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् ।

भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको र धेरै घाईते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘प्रधानमन्त्री एकजना सुरक्षाकर्मी र अरु सबै डाक्टरहरु र औषधि लिएर त्यसतर्फ उड्नु भएको छ । एयरपोर्टबाट केहीबेरअघि उहाँ त्यसतर्फ लाग्नु भएको छ । अहिले घाईतेहरुको उद्धार नै पहिलो प्राथमिकता हो ।’ आर्चायले भने ।

खोज, उद्वार तथा उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम स्थलगत गएको हो । त्यस्तै अर्को स्काई ट्रक अबको केहीबेरमा थप डाक्टर र मेडिकल सामाग्रीसहित त्यसतर्फ उड्ने तयारीमा रहेको उनले बताए ।