मौद्रिक नीतिलाई धेरै भारी बोकाउन हुन्न : सांसद वाग्ले
काठमाडौं, ४ साउन । मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बताएका छन् ।उनले मौद्रिक नीतिलाई धेरै भारी बोकाउने हो भने यसले विकृति निम्त्याउने उनको दाबी छ ।
मौद्रिक नीति प्राविधिक कुरा हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेको उनको भनाइ छ । उनले भने, ‘जनस्तरमा पनि यो नीतिको बारेमा बताउँनु आवश्यक छ जस्तो लाग्छ । यो जनतालाई बुझाउनु पर्छ । प्राविधिक विषय तपाईको सरोकारको छैन् भनेर हुँदैन् ।
मौद्रिक नीतिमा धेरै भारी बोकाएर पनि मिल्दैन्, यसले विकृतिहरु ल्याउने हुन्छ । त्यसकारण यो उत्पादनशिल क्षेत्रमा कर्जा जानै पर्छ । अनुउत्पादकमा नियन्त्रण गर्नुपर्छ । ’पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्याहरु बढ्दै गएको पनि उनको भनाई छ ।
उनले भने, पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स असन्तुलनतिर गयो, पब्लिक फाइनान्स त विगरार अवस्थामा नै छ । १४ सय ३ अर्बको लक्ष्यलाई ६ हप्ता अगाडि मात्रै घटाएर ११ सय ८० अर्ब उठाउछु भनियो त्यहाँ ठूलो ग्याप देखिएको छ । त्यो ग्याप पूर्ती गर्नको लागि खर्च कटौती तर्फ जानु पर्यो कि आयात नै बढाउनतिर लाग्नु पर्यो ।
थर्ड पोल 