मनाङ एयर दुर्घटना : ६ जनाकै मृत्यु

मनाङ एयर दुर्घटना : ६ जनाकै मृत्यु

आज विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।

मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

काठमाडौँका लागि बिहान १० बजेर १३ मिनेटमा उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सीकोका नागरिकको शव दुर्घटनास्थल लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा भेटिएको छ ।