म्यानमारको भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ७०४ पुग्यो

म्यानमारको भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ७०४ पुग्यो

काठमाडौं । म्यानमारको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७०४  पुगेको छ । म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु भएको र १ हजार ६७० जना घाइते भएका पुष्टि गरेको छ । उता थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ। म्यानमारको माण्डले केन्द्रबिन्दु भएर शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । उद्धारकर्मीहरू रातभर घाइते तथा भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन् । 

साना–साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । भूकम्पबाट कैयौँ संरचना ध्वस्त बनेका छन् । भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ ।