मेयर शाहको प्रश्नः वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

मेयर शाहको प्रश्नः वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरुमाथी ब्यंग्य हानेका छन् । आर्थिक बर्ष २०८०÷८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर सामाजिक सञ्जाल मार्फत मेयर शाहले ब्यंग्य हानेका हुन ।  

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो, वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?  ।