मालपोत कार्यालय पर्साका तत्कालिन चार जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर 

1.

मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरी विरुद्ध मुद्दा दायर गरिएको हो ।

२०७२/०७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका पोखरेललाई त्रियानब्बे लाख छैसठ्ठी हजार २ सय ९, विश्वकर्माविरुद्द १ लाख ४१ हजार ८ सय २५, लेखापाल चौधरी विरुद्ध ९५ लाख ८ हजार ३४ रुपया र गुप्ताविरुद्ध ९५ लाख ८ हजार रुपैंयाँ ३४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आयोग प्रवक्ता भोला दाहालले जानकारी दिए।  

यस्तै नायब सुब्बा मदनप्रसाद गुप्ता विरुद्ध अरु ६ वटा मुद्दा विशेष अदालतमा विचाराधीन छन् । उनीहरुविरुद्द जग्गाको लिखत रजिस्ट्रेसन पारितका क्रममा ग्राहकले तिर्ने राजस्वको रकम र विस्तृत विवरण हिनामिना गरेको आरोप लगाई मुद्दा दाउर गरिएको अख्तियारले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।