मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
1.
मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छन् उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेको भन्दै कारबाही गर्न वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो।
सोहि आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको जनाइएको छ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौमा पठाईएको छ ।
थर्ड पोल 