१३ छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय

१३ छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय

इण्डोनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय  दिइने भएको छ । सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र ती मध्ये आठ जना गर्भवती भएको ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला गरेको हो ।

पश्चिम जाभाको बाडुङ्गस्थित अदालतले गत फेब्रुअरीमा ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएकोमा पीडित पक्षले मृत्युदण्डको माग गर्दै अपिल गरेका थिए । गत उक्त अदालतले सोमबार शिक्षक विरावन विरुद्ध मृत्युदण्डको सजाय सुनाएको हो । तर, त्यहाँको मानवअधिकार आयोगले भने मृत्युदण्डको सजायको विरोध गरेको छ ।

एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डोनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको छ ।