यस्तो छ  आजको फलफूल तथा तरकारीको बजार भाउ

यस्तो छ  आजको फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज आइतबार डल्लो भन्टा, तने बोडी, तितो करेला, स्थानीय काउली (ज्यापु), तराई परवर, चिचिण्डो, चुकुन्दरदेखि हरियो प्याजसम्मको मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ ।यसैगरी, ठुलो गोलभेडा, सेतो हाइब्रीड मूला, तराई गाजर, लाम्चो भन्टा, फर्सी, बरेला, हरियो तरबुजा र लोकल काँक्रो प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ । 

रातो आलु ४७ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु ४८ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, सुकेको भारतीय प्याज ५९ रुपैयाँ ६७ पैसा, लोकल गाजर ५७ रुपैयाँ ६७ पैसा, लोकल बन्दा, स्थानीय काउली र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ तोकिएको छ । 

यसैगरी, लोकल परवर, मटरकोशा, ग्याठ कोबी, रायोको साग र सिमी प्रतिकेजी ७५ रुपैयाँ, मकै बोडी ११५ रुपैयाँ, राजमा सिमी ९५ रुपैयाँ, भटमासकोशा १४० रुपैयाँ, पालूगो, चमसूर र मेथीको साग १३५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३७६ रुपैयाँ ६७ पैसा, कुरीलो ३५० रुपैयाँ, न्यूरो १३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली ११५ रुपैयाँ, कोइरालो ३२६ रुपैयाँ ६७ पैसा पर्नेछ ।