यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।
बुधबार खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसाले कारोबार भएको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । बुधबार खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ । बुधबार खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसाका दरले कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
थर्ड पोल 