रिडी पावरको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन खुला 

रिडी पावरको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन खुला 


काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरको बोलकबोल बढाबढमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीद्वारा जारी सूचना अनुसार चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । 

कम्पनीले १ः०.५ अनुपातमा फागुन १८ गतेदेखि चैत ८ गतेसम्म कुल ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने ६० हजार ६ सय २ जना सेयरधनीहरुलाई ६६ लाख ८ हजार ८ सय ४९ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । त्यसबाहेक बाकिँ ११ लाख ३५ हजार ६ सय ५७ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री हुन लागेको हो ।