रौतहटका दुई मुख्य नदी बगमती र लाल बकैया खतराको सतहमा, जनजीवन प्रभावित

रौतहटका दुई मुख्य नदी बगमती र लाल बकैया खतराको सतहमा, जनजीवन प्रभावित


काठमाडौं । निरन्तरको अविरल बर्षासँगै रौतहटका दुई मुख्य नदी बगमती र लाल बकैया खतराको सतहमा पुगेको छ । बागमती नदीको बहाव ४५०० क्युसेक पुगेको छ । बागमती सिँचाइ ड्यामका ३६ वटै ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ । बागमती नदीका किनारमा तथा वरिपरि रहेका गाउँ घरमा बस्नेहरु उच्च सतर्कता अपनाउनु पनि प्रहरीले अनुरोध गरेको छ ।

यता, मौलापुर नगरपालिका–१ मर्यादपुर नजिक लालबकैया नदीको बाँध कटान गरेको छ । बाँध कटान भएसँगै त्यस क्षेत्रका स्थानीयले जोखिम बढेको बताएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार गौर बजार जलमग्न भएको छ ।