राप्तीमा भएको बस दुर्घटनाप्रति प्रधामन्त्रीद्वारा गहिरो दुःख ब्यक्त
काठमाडौं । राप्तीमा भएको बस दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख ब्यक्त गरेका छन् । गए राती नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परे पछि प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।
‘बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् , ‘दुर्घटनामा मृत्यु हुनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु।’
थर्ड पोल 