राप्रपा मा पहिले कहिल्यै नदेखिएको पहिरो, जिम्मेवारी कसले लिने ?

राप्रपा मा पहिले कहिल्यै नदेखिएको पहिरो, जिम्मेवारी कसले लिने ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ऋषिबाबु परियारले पार्टीको साधारण सदस्य समेत नरहने गरी सबै पदबाट राजीनामा दिएका छन्। पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक र वैचारिक विचलन तथा दलित समुदायप्रति पार्टीले अपनाएको नीतिको कडा आलोचना गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।रा.प्र.पा.मा नयाँ नेतृत्व चयन भएदेखि नै
वरिष्ठ नेता तथा कार्यकर्ताहरूको निरन्तर पार्टी परित्याग हुनु
सामान्य राजनीतिक घटना मान्न सकिँदैन।
यो अवस्थाले पार्टीको आन्तरिक व्यवस्थापन, निर्णय क्षमता
र वर्तमान नेतृत्वको कार्यशैली माथि गम्भीर प्रश्न खडा गरेको छ।
पार्टीभित्र बढ्दो असन्तुष्टि किन रोक्न सकिएन ?
किन अनुभवी नेता र पुराना कार्यकर्ताहरू टिक्न सकेनन् ?
यी प्रश्नहरूको उत्तर अब कार्यकर्ताले होइन,
नेतृत्वले दिनुपर्ने अवस्था आएको छ।
विशेष कुरा के हो भने
पार्टी स्थापना कालदेखि आजसम्म
विचार फरक भए पनि, मतभेद भए पनि,
यसरी निरन्तर रूपमा वरिष्ठ नेता र कार्यकर्ताहरूले
पार्टी परित्याग गर्ने लहर कहिल्यै देखिएको थिएन।
आज देखिएको अवस्था
सामान्य असन्तुष्टि मात्र होइन,
संगठनभित्र गहिरो समस्या उत्पन्न भएको संकेतका रूपमा
सर्वत्र चर्चा र चिन्ताको विषय बनेको छ।