रुसी सेनामा गएका नेपालीका परिवारजनद्वारा उध्दारको माग गर्दै अनशन
काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सामूहिक अनशनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौंको माइतीघरमा सुरुभएको अनशन अहिले रत्नपार्कनजिकै शान्तिवाटिकामा जारी छ । उनीहरुले दबाब बढाउनको लागि बालुवारटारस्थित रुसी राजदूतावास अगाडि पुगेर पनि अनशन गरिसकेका छन् ।
उक्त अनशनमा रहेकी पीडित कृतु भण्डारीले नौ दिनदेखि आमरण अनशनमा बसेपनि सरकारको तर्फबाटै केही पनि प्रतिक्रिया नआएको बताइन् । उनले भनिन्, ‘सरकार पक्षको तर्फबाट केही पनि प्रतिक्रिया आएको छैन । हामी आशावादी छौं । जबसम्म हाम्रो मागहरु सम्बोधन हुँदैन तबसम्म यहीं रहन्छौ । जस्तो अवस्था आएपनि हाम्रो अनशन तोड्ने छैनौं ।’
रुसी सेनामा रहेका ६९१ जनाको विवरण संकलन गरेको भन्दै चार सयभन्दा बढि मानिस सम्पर्कमा रहेको र अरु सम्पर्क बिहिन रहेको भण्डारीले जानकारी पनि दिईन् ।
थर्ड पोल 